गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी अस्पताल

बागलुङ, नेपाल

कार्यालय प्रमुखहरुको वैठक सम्पन्न



मिति २०८० साल चैत्र ४ गते कार्यालय प्रमुखहरुको नियमित वैठक यस अस्पतालमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना र धौलागिरी अस्पतालको व्यवस्थापनमा भएको उक्त वैठकमा जिल्लाका सवै कार्यालय प्रमुख एवं प्रतिनिधिहरु उपस्थित हुनु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख श्री अमर थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भुमि आयोग बागलुङका अध्यक्ष श्री धर्म कुवर रहनु भएको थियो । उक्त वैठकमा यस अस्पतालका कन्सल्टेन्ट जनरल फिजिसियन डा. अभिशेष वाग्लेले Dementia रोगको वारेमा जानकारी गराउनु भएको थियो ।

Download: कार्यालय प्रमुखहरुको वैठक सम्पन्न