गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी अस्पताल

बागलुङ, नेपाल

डा. रवि रंजन प्रधान

प्रमुख मेडिकल सुपरिटेण्डेन्ट


dhaulagiri.hospital@gmail.com

शान्ती भण्डारी

सूचना अधिकारी


dhaulagiri.suchana@gmail.com

हाम्रो बारेमा

                 बागलुङ जिल्ला अक्षांश २८ : डिग्रि १५ मिनेट देखि २८ ३७ मिनेट देखि ८३ डिग्री ०० मिनेट देखि ८३-३६ सम्म अवस्थित पूर्व सिमाना: पूर्व - पर्वत, पश्चिम रुकुम, रोल्पा, उत्तर- म्याग्दी जिल्ला र दक्षिण-गुल्मी र प्युठान जिल्लाले घेरिएको यस जिल्ला क्षेत्रफल १७८४ वर्ग किलोमिटरमा फैलिएको छ । यस जिल्लाको सदरमुकाममा रहेको साविकको धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ र बागलुङ जिल्लाको समेत सदरमुकाम बागलुङ नगरपालिका वडा नं २, बागलुङमा रहेको धौलागिरी अस्पताल वि.सं. २०१५ सालमा डिस्पेन्सरीको रुपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नती गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालको रुपमा आफ्नो सेवा सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा मानवका लागि अत्यावश्यक सेवा हो । स्वास्थ्य सेवा जनस्तरमा सुगम, सुनिश्चित, पारदर्शी एवं सर्वसुलभ ढंगबाट उपलब्ध गराउनु राज्यको कर्तव्य हो । आधुनिक एंव परम्पराग स्वास्थ्य उपचार पद्दति र प्रवर्धनको विकास गरि आम नागरिकहरुको शारीरिक एंव मानसिक स्वास्थ्य अभिवृद्दि गर्ने रोगहरुको प्रभावकारी ढंगबाट रोकथाम गर्ने र उपचारको समुचित व्यवस्था मिलाउने, निति निर्माण गर्ने, गैरसरकारी संघसंस्था एंव निजी क्षेत्रको संलग्नता गराई स्वास्थ्यसेवा सम्बन्धी कार्यक्रमहरु कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन गरी गराई आम जनताको जिवनस्तरमा सकरात्मक परिर्वतन ल्याउनु सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको उद्देश्य रहेको छ । यसै उद्देश्य अनुरुप स्वास्थ्य सेवालाई विका र विस्तार गर्ने क्रममा बागलुङ अस्पताललाई स्तरोन्नती गरी २०६७ कार्तिक देखि धौलागिरी अञ्चल अस्पतालको रुपमा स्तरोन्नती गरी विशेषज्ञ सेवाको सुरुवात गरिएको हो । यसबाट यस अस्पतालबाट धौलागिरीका चारवटै जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङ का करिब ६ लाख मानिसहरु लाभान्वित भएका छन् । नेपाल सरकारले यस अस्पताललाई स्तरोन्नती गरि २०० शैयामा लैजाने निर्णय गरि DPR को प्रतिवेदन आउने चरणमा रहेको छ ।

                      यस अस्पताल (साविक अञ्चल अस्पताल) मा हाल १ जना मेडिकल सुपरिटेण्डेन्ट सहित १५ जना विशेषज्ञ तहका डाक्टरहरुको दरबन्दी रहेको छ । त्यस्तै मेडिकल अधिकृत, नर्सिङ अधिकृत, ल्याब टेक्नोलोजिष्ट, रेडियोलोजीष्ट स्टाफ नर्स, पारामेडिक्स र अन्य गरी कुल ७८ जनाको नेपाल सरकारको स्वीकृत दरबन्दी रहेको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्थानीय तहमा अस्पताल व्यवस्थापन समितीबाट पनि विभिन्न तहका गरी कुल ३१ जना कार्यरत रहेका छन् । अस्पतालमा मेडिकल अफिसर ३ जना रिक्त रहेका छन भने ३ जना अध्ययन विदामा रहेका छन । नेपाल सरकारबाट करार सेवामा केहि मेडिकल अफिसर तथा विशेषज्ञ चिकित्सक खटाइएकोले सेवामा बिस्तार गरी Major Operation सेवा हरु सन्चालन गरीएका छन । सरकारी दरवन्दिमा बिशेषज्ञ चिकित्सक पुर्ण नहुदा यस अस्पतालबाट बिशेषज्ञसेवा प्रदान गर्न कठिनाई भैरहेको छ । अस्पतालमा चौबिसै घन्टा नियमित इमरजेन्सी सेवा, बहिरंग र अन्तरंग सेवा सँगसँगै प्रसुती, ल्याब रेडियोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउन्ड सेवाहरु संचालनमा छन् । यसको साथै यस अस्पतालमा HIV संक्रमितहरुको लागि निःशुल्क रक्त परिक्षण, सल्लाह र परार्मश सेवा साथै AIDS लागेका मानिसहरुलाई निःशुल्क औषधीको लागि ART सेवा पनि रहेको छ । साथै यस अस्पतालले स्वास्थ्य तालिम केन्द्र अन्तर्गत SBA, MLP जस्ता तालिमहरु पनि नियमित संचालन गरिरहेको छ। नेपाल सरकारको OCMC कार्यक्रम (अस्पतालमा आधारित लैङ्गिक हिसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र) पनि यस अस्पतालमा संचालित छ जसमा लैङ्गिक हिसांबाट पिडित मानिसहरुले निःशुल्क स्वास्थ्य सेवा साथै मनोसामाजिक र मनोविर्मश सेवा प्राप्त गरि कानुनी उपचारको लागि थप सल्लाह र सहयोग प्राप्त गर्न सक्दछन् । अस्पतालमा पोषण पुर्नस्थापना गृह स्थापना गरि सन्चालनमा आएको छ । यस बाट १४ बर्ष मुनिका कुपोषण बाट पिडित बाल बालिका हरुले पोषण युक्त खानपान सहितको आबासिय उपचार से पाईरहेका छन । अहिले यस अस्पताल बाट नियमित फिजियोथेरापि सेवा समेत प्रदान गरीएको छ। आर्थिक वर्ष २०७३ र २०७४ बाट अस्पताल बाट प्रदान गरिने सेवामा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न (SSU) सामाजिक सेवा एकाई स्थापना गरी सन्चालन गरीएको छ। यस अस्पताललाई प्रकोप जन्य रोगहरुको सेन्टीनल साइट (EWARS Sentinel Site) को रुपमा समेत बिकास गरी नियमित प्रतिबेदन गरीएको छ । अस्पतालमा अस्पतालले फार्मेसी सेवा सन्चालन गरेको छ जसबाट २४ सै घण्टा सस्तो दरमा औषधी उपलब्ध भएको छ। साथै ५२ किलो वाटको सौर्य उर्जा प्रणालि जडान गरी अस्पताल परिसरमा नेपाल बिधुत प्राधिकरणको बिजुलि कम प्रयोग नगरीएको अवस्था छ। अस्पतालमा यसै आ.व बाट PCR LAB सन्चालनमा आएको छ।

                  यसरी दुर्गम र पिछडिएका समुदायहरुको बाहुल्यता रहेको साविकको अञ्चलको एकमात्र विशेषज्ञ सेवा सहितको यस अस्पतालमा हाल भवन निर्माणको क्रममा रहेको साथै विशेषज्ञ र अन्य सरकारी दरवन्दीहरु रिक्त रहेको अवस्थामा उपयुक्त मेडिकल उपकरणको उपलब्धता साथै दरबन्दी अनुसारको जनशक्ति पुरा हुनुपर्ने देखिन्छ । जसबाट स्थानियस्तरमा नै गरिब विपन्न एंव स्वास्थ्यको पहुँच पुग्न नसकेका जनताहरुले स्वास्थ्य उपचारको मौलिक हक प्राप्त गर्न सक्नेछन् र नेपाल सरकार बाट ल्याइएको स्वास्थ्य नीति लागू गर्न थप सहयोग पुग्नेछ । उपयुक्त परामर्श दिने कार्यमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखरा स्वास्थ्य निर्देशनालाय गण्डकी प्रदेश पोखरावाट महत्वपूर्ण सहयोग र सहजीकरण प्राप्त भएको छ । साथै आगामी दिनहरूमा अझ महत्वपूर्ण मार्गदर्शन, सल्लाह, सुझाव र सहयोग प्राप्त भै अस्पतालको व्यापक विस्तार गर्ने अपेक्षा गरिएको छ ।

 

                 अस्पतालको ऐतिहासिक पृष्ठभुमि

  • २०१५ सालमा डिस्पेन्सरीको रुपमा स्थापना भई संचालन भएको ।
  • २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नती ।
  • २०३३ सालवाट जिल्ला अस्पतालमा स्तरोन्नती ।
  • २०४८ साल देखि जिल्ला अस्पतालमा सहयोग समिति गठन गर्ने सरकारी अवधारणा अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोग समिति गठन भएको ।
  • २०५९ साल देखि जिल्ला अस्पताल विकास समिति गठन गर्ने कानूनी व्यवस्था भएको ।
  • २०६७ साल कार्तिक देखि अञ्चल अस्पतालमा स्तरोन्नती ।
  • २०७८ मा २०० शैयामा स्तरोन्नति गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट प्रस्ताव ।